![]() |
| तिम्रो यादमा तड्पी रहेछु |
विकाश, के मा खुशी हुँला ल तिम्रो साथ् बिना ? के रमाएर बस्न सक्छु त ? होइन विकाश तपाइंले तपाईंको बबितालाइ अझै चिन्न सक्नु भएको रहेनछ । तपाईं त मेरो सब थोक हो । मेरो जिन्दगि, हर खुशी, अनि उमङ्ग । आफ्नो मुटुदेखी कोहि टाडा हुन सक्छ र ? तपाईं ले मलाई जे जस्तो आरोप प्रत्यारोप लगाएता पनि, मलाई बुज्ने कोशिस नगरेता पनि मेरो बिश्वाश अनि माया अलिकति पनि कमि हुने छैन । जबसम्म यो सास बाँकि रहन्छ तबसम्म ति मिठा पलहरुको यादमा समय व्यतित गर्नेछु । दैबले पनि कस्तो किस्मत लेखिदिन्छ है ? जसको माया र साथको आवश्यकता थियो उसैको नजर देखि तल खस्न पुगें । मेरो यथार्थ अनि बास्तबिकता उबाट छुट्टिने नयाँ बहाना हुन पुग्यो । कस्तो जिन्दगि पाएँ मैले न त कुनै उमङ्ग छ न त केहि खुशी । जो संग जिन्दगि बिताउने सपना सजाएर राखेको थिएँ उसैलाई बीच बाटोमा छाडेर हिंड्नु पर्यो । कति अभागी है म ? केहि पल त बाँकि छन् जिन्दगिका यस क्षणमा पनि आफुलाई मान्छेको साथ् पाउन सकिन । मेरो अवस्था दिन प्रति दिन नाजुक हुँदै गइ रहेको छ । डुब्न लागेको घाम र निभ्न लागेको बत्तिको अवस्थामा पुगेकी छु । तर पनि कसै प्रति गुनासो छैन । सायद किस्मत मा तिम्रो साथ यति नै लेखेको रहेछ । मेरो जस्तो किस्मत नियतिले अरु कसैको नलेखोस । जसलाई म चाहेर पनि पाउन सक्दिन । कति लाचार अनि बिबस छु है म ? जिन्दगि त २ दिनको हुन्छ भन्थे तर त्यही दिन पनि मलाई ज्युन लेखेको रहेन छ । हो मृतु त अटल र निश्चित हुँदो रहेछ यसलाई कसैले पनि अस्विकार गर्न सक्दो रहेनछ । बस समय अनि परिस्थितिले खेलाएको खेलमा म नाजादिदो तरिकाले हार्न पुगें । विकाश तपाईं को जिन्दगि बाट टाडा गएता पनि तपाई को याद हरु बाट टाडा जान सकिन । जति कोशिस गरे पनि भुल्न सकिन मैले । कस्तो अचम्म है जुन दिन हाम्रो भेट भयो त्यसै दिन एक अर्काबाट यति टाडा हुन पर्यो । विकाश मलाई माफ गरिदिनु ल ? तपाईं संग गरेका बाचा तथा कसम हरु यस जुनीमा पुरा गर्न सकिन मैले । तपाईंलाइ खुशी साथ दिन सकिन मैले । के गर्नु नियतिलाई यस्तै मन्जुर रहेछ तर बिकाश यो जन्ममा नसके पनि अर्को जन्ममा यी अपुरा र अधुरा बाचाहरु पुरा गर्नेछु । आफ्नो जिन्दगि फेरी नयाँ ढङ्गबाट सुरु गर्नुहोला । तपाईंको सफलताको हर बखत कामना गरिरहने छु ।
उही तपाईंकी
बबिता
झुटो रैछ.....झुटो रैछ नि दैब .......जुनी जुनी को बन्धन......
एक्लै तडपिन्छ मुटु.....टाढा भएछ धड्कन .....
धड्कन .....
धड्कन .....
धड्कन .....




9 comments:
Nice!!!!!!!!!!!!! thanks for your letter anyway NO tension help you full time of my Life... you know BBBBBYYYYEEEE BUt Remember me...........................
NOW this LETTER ANS:-ANSWER TA KASARI LEKHI POST GARNA SAK 6U RA!!!? BARU KUNAI DIN BHET BHAYE6 BHANE KEBAL TYATI NAI BELA BHANNA SAKNE6U JUST FOR YOU DON'T MINED OK BYE BYE........
wow very nice i like it keep it up
@Laxman: thank you very much mate..keep visit my blog.
@Crazy: yadi ans lekhnu vayeko cha vane mero mail ma pathauna saknu huncha...
Jun din bhet bhayo tyasai din taadhin paryo? Ani kasari prem bho ta, ani kasari bhetiye tee mitha palaharu? Online love ho ra? Lol
Be strong..and try not to be happen the same situation in ur life again...if happen then dont let it go again.it hurts really :))
@dhanu: tyahi din dekhi kura bigrina thlyo vaneko ni
@Binod Litel: its all past story!!!
Post a Comment