
एक नजर हेरे पुग्छ प्यार चाइदैन
त्यो भन्दा ठुलो अर्को संसार चाइदैन ।
याद आउदा एक पल, बस एक पल सम्झिदिनु
बरु मलाई हीराको हार चाइदैन ।
त्यो भन्दा ठुलो अर्को संसार चाइदैन ।।
पल्मोनरी धमनी पल्मोनरी शिरा तिमि
पल्मोनरी धमनी पल्मोनरी शिरा तिमि
भैदिए मुटुमा रक्तसंचार चाइदैन ।
बरु मलाई हीराको हार चाइदैन ।
तिमि मेरो भन्ने बिश्वास दिलाउन सक्छौ भने
तिमि मेरो भन्ने बिश्वास दिलाउन सक्छौ भने
अन्य कुनै मायाको आधार चाइदैन।
बरु मलाई हीराको हार चाइदैन।
एउटा वार एउटा पार हुनुको के अर्थ
एउटा वार एउटा पार हुनुको के अर्थ
भो मलाई नदीको किनार चाइदैन
एक नजर हेरे पुग्छ प्यार चाइदैन ।
त्यो भन्दा ठुलो अर्को संसार चाइदैन ।।



4 comments:
BABITA जी यो कबिता मलाई साह्रै मन पर्यो । अनि शुभकामना हजुरलाई अवस्य सम्झीने छन् । प्यार गरेरै हेर्नेछन...।
धेरै धेरै धन्यवाद रविलाल थापा ज्यु तपैंका कुनै सुझाब सल्लाह छन् भने मलाई अवश्य पठाउनु होला है
malai therai ramro lago padda man ma aananda ra khusi lago
@Puspa: ये हो र अरु पनि थुप्रै यस्तै यस्तै कुरा हरु म लेख्ने प्रयास गर्नेछु यो ब्लग हेर्दै गर्नु होला ल ?
Post a Comment